मिछुर्लुङ्गमा नयाँ वर्षमा कौराहा प्रतियोगिता हुने

तनहुँ | चैत १२, २०८०

मिछुर्लुङ्गमा नयाँ वर्षमा कौराहा प्रतियोगिता हुने

तनहुँ:   तनहुँको भिमाद नगरपालिका– मिछुर्लुङ्गमा कौराहा प्रतियोगिता हुने भएको छ । 


नेपालीहरुको नयाँ वर्षको दिन मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रबद्धन गर्नुका साथै स्थानीयको आयआर्जनमा वृद्धि गर्ने हेतुले कौराहा प्रतियोगिता आयोजना गर्न लागेको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । 


साथै कौराहा प्रतियोगिताको अवसरमा लोकदोहोरी गायक राजु परियार र लोकदोहोरी गायिका शिला आलेको पनि विशेष सांगितक प्रस्तुति हुने उनले बताए ।

 

प्रतियोगितामा प्रथम हुने समुहले नगद ७५ हजार, द्धितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने दुई समुहले १०÷१० हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् ।


कौराहा करिब वि.सं १९८० सालमा तनहुँको रिसिङबाट सुरु भएको पाईन्छ । कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू भेषभूषामा सजिएर ताल मिलाएर नाच्ने गर्छन् ।

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्