एमाले कास्कीको अध्यक्षमा बैनबहादुर, सचिवमा दर्शन लामा निर्वाचित
पाेखरा | चैत १४, २०८०
पोखरा: नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनमा बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित क्षेत्रीले ५ सय ५१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी बास्तोलाले ३ सय ४७ मत पाए । भने अर्का अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०) मत पाए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

