नवनिर्वाचित एमाले कास्कीको पदस्थापन २३ गते
पाेखरा | चैत २०, २०८०
पोखरा: एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ ।
सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।
३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त कमिटीको पदस्थापना निर्वाचन भएको ९ दिनपछि मिति तय भएको नवनिर्वाचित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ ।
एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुने उनले बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

