गायक लोकेन सुब्बाले सार्वजनिक गरे “कान्छी”
काठमाडाैं | चैत २३, २०८०
पोखरा: गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत “कान्छी” सार्वजनिक गर्दै सुब्बाले संगीत प्रतिको मोहले पुर्नआगमन गर्न इक्षा जागेको बताए ।
यसअघि उनले मायालु, बद्लिदिन्छ, भावना, परदेशी, डाँडापारी, जुनीजुनी, तिमी र म, बिर्सेको छैन, कथा लगायतका गीत सार्वजनिक गरिसकेका छन् । सन् १९९८ देखि नै संगीतमा क्रियाशिल रहेको उनले उल्लेख गरे । बीचमा हराएको जस्तो देखिएता पनि संगीत प्रतिको मोह अझै भएको भनाई उनको छ ।
पोखरा १० मिलनटोल स्थायी घर भएका सुब्बा हाल युके बस्दै आएका छन् । युकेलाई कर्मथलो बनाएता पनि संगीतलाई समेत अगाडि बढाइरहेको उनले सुनाए । सार्वजनिक कान्छी गीतबाट उनी आशावादी छन् । संगीत बजारको पछिल्लो मागअनुसार नै गीत निर्माण भएको दाबी उनको छ । कान्छीको शब्द उनले नै कोरेका हुन् । आवाज सँगै संगीत समेत दिएका सुब्बाकै अफिसियल युटुब मार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा प्रदीप श्रेष्ठ, बिनु मगरको अभिनय छ । उनीहरु दुवै जना पहिलो पटक म्युजिक भिडियो मार्फत अभिनयमा आएका हुन् । म्युजिक भिडियो करियरमा केही गर्ने आशाले आफुहरु आएको उनीहरुले सुनाए । कान्छीको म्युजिक भिडियोलाई सुभाष सुवेदीले निर्देशन गरेका हुन् । गीतको भावअनुसार नै म्युजिक भिडियो बनेको उनले बताए ।
पोखराको क्रेजी स्टुडियोमा रेकर्ड गरेको गीतको म्युजिक भिडियोको सम्पादन सिनेमा एवम् म्युजिक भिडियो निर्देशक नेत्र गुरुङले गरेका हुन् । गुरुङका अनुसार पछिल्लो समय पोखरामा सांगीतिक कार्यक्रमको लर्को बढेता पनि गीतसंगीत निर्माण भने कम भएको बताए । उनले पोखराका गायक, संगीतकार र गीतकारहरुले आफ्नो सिर्जना बजारमा पस्कन आवश्यकता रहेको उनले औंल्याएका छन् । राम्रो गीत चल्नका लागि टीकटक जस्ता प्लाटफर्म नै चाहिन्छ भन्ने नभएको उनले बताए । सिर्जनामा दम भए गीत आफै चल्ने भनाई उनको छ ।
विनोद रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् । बबी सुनार (भाइलन), विवश खाती (गीतार), विकास गुरुङ (बेस गीतार), सुदीप गायक (बासुरी), सुभाष पौडेल, सुभाष अधिकारी र सन्तोष गुरुङले लगायतले गीत निर्माणमा साथ दिएका छन् । गीतको सम्पूर्ण छायाँकन पोखरा आसपासमा भएको हो ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

