बच्चादेखि बुढासम्म झल्कियो संस्कृतिमोह (तस्बिरहरु)
वर्षमा २ पटक मनाइन्छ ट्होटें
पाेखरा | चैत २७, २०८०
पोखरा: कास्कीका तमु (गुरुङ) समुदायले आज ट्होटें पर्व मनाएका छन् । कास्कीको विभिन्न स्थानसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले आज ट्होटें पर्व मनाएका हुन् ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु धिं नेपालको भवनबाट ट्होटें पर्वको अवसरमा झाँकी ¥यालीसहित नयाँबजार, लखनचोकहुँदै पोखरा सभागृहमा गएर औपचारिक कार्यक्रममा परिणत भयो
हरेक वर्षको साउन महिना र चैतको अन्तिम मंगलबारका दिन उधौली र उभौलीका रुपमा तमु जातिले वर्षमा २ पटक ट्होटें पर्व मनाउने प्रचलन छ ।
तमु (गुरुङ) भाषामा ट्हो को अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।
परापूर्वकालमा आफ्नो राज्यमा शत्रुको प्रवेश रोक लागाउने र आएकालाई लखेट्नका लागि ट्होटें खेल्ने गरेको अग्रजहरु बताउँछन् । तर अहिले आएर परिवर्तित समयानुसार एकताको सन्देशसहित ट्होटें पर्व मनाउने गरेको तमु धि नेपाल युवा समितिका अध्यक्ष रमेश गुरुङ बताए ।
पहिलो हरेकको घरघरमा पसेर ढ्याङ्ग्रो थाल लगायतका घरेलु सामान बजाएर धुवा बालेर भुत प्रेत वा बैरी लखेट्दै ट्होटें खेल्ने गरिन्थ्यो । तर वि.स. २०५२ सालदेखि पोखरामा सामुहिक रुपमा शक्ति प्रदर्शन गर्दै ¥यालीसहित ट्होटें पर्व मनाउने गरिएको छ ।
तमु समुदायको छाता संस्था तमु धि नेपालले आयोजना गर्ने सो कार्यक्रममा सयौंको सँख्यामा सहभागिता हुदै आएको छ । जुन र्यालीमा बालबालिकादेखि बृद्धबृद्धाहरुको संस्कृतिमोह देख्न सकिन्छ ।
थप तस्बिरहरु:-












व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

