बच्चादेखि बुढासम्म झल्कियो संस्कृतिमोह (तस्बिरहरु)
वर्षमा २ पटक मनाइन्छ ट्होटें
पाेखरा | चैत २७, २०८०

पोखरा: कास्कीका तमु (गुरुङ) समुदायले आज ट्होटें पर्व मनाएका छन् । कास्कीको विभिन्न स्थानसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले आज ट्होटें पर्व मनाएका हुन् ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु धिं नेपालको भवनबाट ट्होटें पर्वको अवसरमा झाँकी ¥यालीसहित नयाँबजार, लखनचोकहुँदै पोखरा सभागृहमा गएर औपचारिक कार्यक्रममा परिणत भयो
हरेक वर्षको साउन महिना र चैतको अन्तिम मंगलबारका दिन उधौली र उभौलीका रुपमा तमु जातिले वर्षमा २ पटक ट्होटें पर्व मनाउने प्रचलन छ ।
तमु (गुरुङ) भाषामा ट्हो को अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।
परापूर्वकालमा आफ्नो राज्यमा शत्रुको प्रवेश रोक लागाउने र आएकालाई लखेट्नका लागि ट्होटें खेल्ने गरेको अग्रजहरु बताउँछन् । तर अहिले आएर परिवर्तित समयानुसार एकताको सन्देशसहित ट्होटें पर्व मनाउने गरेको तमु धि नेपाल युवा समितिका अध्यक्ष रमेश गुरुङ बताए ।
पहिलो हरेकको घरघरमा पसेर ढ्याङ्ग्रो थाल लगायतका घरेलु सामान बजाएर धुवा बालेर भुत प्रेत वा बैरी लखेट्दै ट्होटें खेल्ने गरिन्थ्यो । तर वि.स. २०५२ सालदेखि पोखरामा सामुहिक रुपमा शक्ति प्रदर्शन गर्दै ¥यालीसहित ट्होटें पर्व मनाउने गरिएको छ ।
तमु समुदायको छाता संस्था तमु धि नेपालले आयोजना गर्ने सो कार्यक्रममा सयौंको सँख्यामा सहभागिता हुदै आएको छ । जुन र्यालीमा बालबालिकादेखि बृद्धबृद्धाहरुको संस्कृतिमोह देख्न सकिन्छ ।
थप तस्बिरहरु:-
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...
काठमाडौं: गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...
पोखरा: पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...