आफूविरुद्ध उभिएका ५ जनालाई वामदेवद्वारा पार्टीबाट निष्काशन
काठमाडाैं | असार १९, २०७९
काठमाडौँ : राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।
हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलले संयोजक गौतमलाई पार्टीबाट निष्काशन गरेको भनी विज्ञप्ती निकालेका थिए ।
हिजोको सचिवालय बैठकमार्फत गौतमले उनीहरुविरुद्ध जवाफी कारबाही गरेर माफी माग्नुपर्ने निर्णय गरेका छन् । उक्त बैठकले युवराज सफललाई कुनै पनि हालतमा पार्टीमा नफर्काउने निर्णय गरेको छ भने अन्य ४ जनालाई भने आत्मालोचना गरेर माफी मागेमा पुनः पार्टीमा फर्कन सक्ने विकल्पसहित निष्काशन गरिएको छ । उक्त बैठकमा पार्टीका ९ जना सचिवालय सदस्यमध्ये ७ जना सहभागी रहेको जनाइएको छ ।
युवराजले आफूसँग बहुमत सचिवालय सदस्य रहेको भनी दाबी गरे पनि उक्त दाबी झुटो देखिएको छ । किनभने ९ मध्ये ८ जना सदस्य वामदेवसँगै रहेको बताइएको छ । युवराजको साथमा भने केही केन्द्रीय सदस्य रहेको जनाइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

