लाइभ दोहोरीमा अश्लील गीत गाउने कलाकारलाई लोकदोहोरी प्रतिष्ठानले गरायो सचेत

काठमाडाैं | असार १९, २०७९

लाइभ दोहोरीमा अश्लील गीत गाउने कलाकारलाई लोकदोहोरी प्रतिष्ठानले गरायो सचेत


काठमाडौं :   अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।

 

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् ।


उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले  बताए ।

 

‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन । अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।’

 

तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन । यसअघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ ।

 

पछिल्लो समय लाइभ दोहोरीको नाममा छाडापन बढेको गुनासो बढेको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

थप पढ्नुहोस्