हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान र श्रीरामलाई आर्थिक पत्रकारिता पुरस्कार
पाेखरा | जेठ ९, २०८१
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।
पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र बास्तोला सदस्य थिए ।
आर्थिक पत्रकारिता पुरस्कारका लागि छनोट भएका पत्रकार श्रीराम सिग्देललाई नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । नवराज सुवेदी संयोजक, टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ सदस्य रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।
२०५४ सालमा आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल अहिले फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहसम्पादक छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।
उनीहरुलाई जेठ १२ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नेपालका संस्थापक राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सम्मान गरिने नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

