नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
चितवन | जेठ १३, २०८१
काठमाडौं: नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका(४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो ।
इच्छामनकामना गाउँपालिका-५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं। पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्याएको थियो ।
पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

