तनहुँको व्यास नगरपालिकाको मतगणना विवाद सर्वोच्च अदालत पुग्यो

काठमाडाैं | जेठ २४, २०८१

तनहुँको व्यास नगरपालिकाको मतगणना विवाद सर्वोच्च अदालत पुग्यो

तनहुँ:    तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । 


उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ।


 सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार  पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने  भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन्।


गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनस्मतगणना हुने फैसला थियो।


निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ। 


जसअनुसार अदालतले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै तिथि मिति  नै तोकिदिएको थियो।


२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले धाँधली भएकाले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए। मुद्दा दर्ता भएको दुई वर्षमा मात्रै उच्च अदालतले यस्तो फैसला गरेको थियो । 

बाँके:  बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच ट...

थप पढ्नुहोस्

मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।  लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत ...

थप पढ्नुहोस्

पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

थप पढ्नुहोस्