फिफा विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित
काठमाडाैं | जेठ २५, २०८१
काठमाडौं: फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ ।
घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २–२ गोल गर्यो ।
नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।
युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २(० को अग्रता दिलाएका थिए । उनले खेलको १२औं मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए ।
यस्तै १४औं मिनेटमा अली सालेह अमरोले मिलाएको पासलाई अबदलल्ले बक्स भित्र कन्ट्रोल गर्दै एक खेलाडीलाई छलाउँदै दोस्रो गोल गरे ।
पहिलो हाफमा नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर नेपाल अभागी बन्यो ।
३७औं मिनेटमा नेपालले दुई राम्रो अवसर गुमायो । सनिश श्रेष्ठको क्रसमा विशाल बस्नेतले बक्स भित्रबाट गरेको हेडर पोष्टमा लागेर पर्कियो । रिबाउण्डमा सन्जिव विष्टले हानेको प्रहार पनि बारमा लागेर पर्कियो ।
त्यसअघि जिलेस्पी जंग कार्कीले ३६औं मिनेट सनिशको क्रसमा हानेको प्रहार पोष्टको दिशा लिन सकेन ।
दोस्रो हाफमा युएईले दुई गोल थप्यो । अली सालेहले ५३औं र हाजेन मोहमम्दले ७५औं मिनेटमा गोल गरे ।
२१औं मिनेटमा प्रशिक्षक भिन्सेन्जो एनेसले डेब्युटान्ट बसन्त जिम्बा र सौभागेय राईको स्थानमा छिरिङ लामा र सनिश श्रेष्ठलाई मैदान प्रवेश गराएपछि नेपालले केही सुधारिएको प्रदर्शन गरेको थियो ।
एनेसले पहिलो पटक राष्ट्रिय टिममा परेका बसन्त जिम्बालाई सुरुवाती रोजाईँमा खेलाउँदै डेब्युको अवसर दिएका थिए । तर उनी धेरै समय टिक्न सकेनन् ।
नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ । पाँच खेल हारेको नेपाल अन्तिम खेलमा गोल गर्ने र अंक जोड्ने लक्ष्यमा हुनेछ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

