फिफा विश्वकप छनोट: नेपाल युएईसँग ४-० ले पराजित
काठमाडाैं | जेठ २५, २०८१
काठमाडौं: फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ ।
घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २–२ गोल गर्यो ।
नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।
युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २(० को अग्रता दिलाएका थिए । उनले खेलको १२औं मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए ।
यस्तै १४औं मिनेटमा अली सालेह अमरोले मिलाएको पासलाई अबदलल्ले बक्स भित्र कन्ट्रोल गर्दै एक खेलाडीलाई छलाउँदै दोस्रो गोल गरे ।
पहिलो हाफमा नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर नेपाल अभागी बन्यो ।
३७औं मिनेटमा नेपालले दुई राम्रो अवसर गुमायो । सनिश श्रेष्ठको क्रसमा विशाल बस्नेतले बक्स भित्रबाट गरेको हेडर पोष्टमा लागेर पर्कियो । रिबाउण्डमा सन्जिव विष्टले हानेको प्रहार पनि बारमा लागेर पर्कियो ।
त्यसअघि जिलेस्पी जंग कार्कीले ३६औं मिनेट सनिशको क्रसमा हानेको प्रहार पोष्टको दिशा लिन सकेन ।
दोस्रो हाफमा युएईले दुई गोल थप्यो । अली सालेहले ५३औं र हाजेन मोहमम्दले ७५औं मिनेटमा गोल गरे ।
२१औं मिनेटमा प्रशिक्षक भिन्सेन्जो एनेसले डेब्युटान्ट बसन्त जिम्बा र सौभागेय राईको स्थानमा छिरिङ लामा र सनिश श्रेष्ठलाई मैदान प्रवेश गराएपछि नेपालले केही सुधारिएको प्रदर्शन गरेको थियो ।
एनेसले पहिलो पटक राष्ट्रिय टिममा परेका बसन्त जिम्बालाई सुरुवाती रोजाईँमा खेलाउँदै डेब्युको अवसर दिएका थिए । तर उनी धेरै समय टिक्न सकेनन् ।
नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ । पाँच खेल हारेको नेपाल अन्तिम खेलमा गोल गर्ने र अंक जोड्ने लक्ष्यमा हुनेछ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

