गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल सुरू: गोरखाविरुद्ध तनहुँको सहज जीत

पाेखरा | जेठ २५, २०८१

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल सुरू: गोरखाविरुद्ध तनहुँको सहज जीत

पोखरा:   पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता आजेदेखि सुरु भएको हो ।

 

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकाल्याे । तनहुँलाई  शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

 

खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे ।

 

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।

 

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार ४ खेल सञ्चालन हुनेछन् ।


 

यो पनि पढ्नुहोस

 

 

जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।

 

प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् । 
 

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्