बालाजुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडाैं | असार २१, २०७९

बालाजुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु


काठमाडौँ:   काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।

 

दुर्घटनामा परी सख्त घाइते हुनुभएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्