टि–ट्वान्टी: सन्दीपले वेस्टइन्डिजमा हुने खेल खेल्ने
काठमाडाैं | जेठ २८, २०८१
काठमाडौं: सन्दीप लामिछाने टि –ट्वान्टी विश्वकपमा नेपालले वेस्टइन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जनाएको छ ।
सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्ने सम्भावना देखिएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप को पहिलो नेदरल्याण्डबीचको खेल गुमाएका थिए ।
उक्त खेल नेपालले ६ विकेटले हार व्यहोरेको थियो । अब नेपालले दोस्रो खेल भोलि (मंगलबार) श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

