सडकलाई सुन्दर बनाउन हेम्जाका डिभाइडरमा विरुवा
पाेखरा | जेठ २८, २०८१
पोखरा: पोखराको जिरो किलोमिटरदेखि हल्नचोकसम्म पुग्दा सडकको बीचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ ।
यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् ।
ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन् ।
वातावरण संरक्षणका अभियान्ताहरु जगन्नाथ तिमिल्सिना, होमनाथ पहारी (माइला बा), राम बहादुर लामिछाने, ठाकुर बराल, सन्जय पौडेल, दामु बराल, राजेन्द्रराज रेग्मी, गंगाप्रसाद तिवारी पुगेका छन् । उनीहरुले लेकसाइडको डिभाइडरबाट फुलका कटिङहरु लगेर सारेका हुन् ।
अहिले सम्म १ हजार कर्बिर फुलका विरुवा सारी सकेको अभियानका सदस्य दामु बरालले बताए । उनले अझै १ हजार भन्दा बढि कर्बिर फुलका विरुवा रोप्ने तयार पारेको बताए ।
विरुवा सार्नका लागि सहयोग गर्न हेम्जा बासिलाई बरालले अनुरोध गरे । कर्बिरका दुई थरी रातो र सेतो फुल्ने फुल सारेको उनले बताए ।
पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले उनीहरुको कामलाई धन्यवाद दिदै फेसबुकमा अन्यलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।
फुल हुर्काउन निकै मेहनत गर्नु पर्ने अभियानका सदस्य जगन्नाथ तिमिल्सिनाले बताए । उनकै नेतृत्वमा विरुवा सार्ने काम भएको छ । यो बिरुवा हरियालि र सौन्दर्यकरणका लागि उपयुक्त भएको उनले बताए ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

