कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खनन् गर्न रोक
तीन महिना सबै घाट बन्द
कास्की | जेठ ३०, २०८१
पोखरा: ढुङ्गा, गिटी, बालुवा तथा नदी तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक आज (बुधबार) सम्पन्न भएको छ ।
बैठकबाट कास्कीमा तीन महिना (असार, साउन र भदौ) नदीजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटी, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार सो निर्णय गरिएको हो ।
सो संचालन मापदण्ड अनुसार असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
उनले विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे ।
दर्ता नगरी अवैधरूपले मापदण्ड विपरित संचालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।
उनले सबै पालिकाहरूमार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणिकरण गरेका सामाग्री यो अवधिमा पिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने सुनाए ।

नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै प्रकारको प्रभाव र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेको आग्रह छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल,कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा, गिटी, बालुवा, नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसार पसार र विक्रीवितरण र उपभोगमा देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

