कास्कीमा नदी तथा खानीजन्य  पदार्थ उत्खनन् गर्न रोक

तीन महिना सबै घाट बन्द

कास्की | जेठ ३०, २०८१

कास्कीमा नदी तथा खानीजन्य  पदार्थ उत्खनन् गर्न रोक

पोखरा:    ढुङ्गा, गिटी, बालुवा  तथा नदी तथा खानिजन्य  पदार्थको अनुगमन समिति कास्कीको  बैठक आज (बुधबार) सम्पन्न भएको छ ।

 

बै​ठकबाट कास्कीमा तीन महिना (असार, साउन र भदौ) नदीजन्य र खानिजन्य  पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटी, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको संचालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार  सो निर्णय गरिएको हो ।  

 

सो संचालन मापदण्ड अनुसार   असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य पदार्थको उत्खनन  गर्न नपाइने व्यवस्था अनुसार  उक्त निर्णय गरीएको  अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

 

उनले  विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन  र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय  कार्यान्वयन  गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे ।

 

दर्ता नगरी अवैधरूपले मापदण्ड विपरित  संचालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता  उद्योगलाई समेत  तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।

 

उनले सबै पालिकाहरूमार्फत उद्योगहरूले जेठ मसान्तभित्र  स्रोत खुलाएर  स्टक प्रमाणिकरण गरेका सामाग्री यो  अवधिमा पिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने सुनाए ।
 

नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै  प्रकारको प्रभाव र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल  जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेको आग्रह छ ।

 

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति  कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा,  कास्कीका  प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल,कास्कीस्थित पालिकाका  प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू  सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा, गिटी, बालुवा, नदी तथा खानीजन्य  पदार्थको उत्खनन, ओसार पसार र विक्रीवितरण र उपभोगमा  देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा  आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।


 

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्