भाई कुलदीपलाई सम्झँदै एबिसीकर्मी रानामगरद्वारा ‘कुरुवा बेड’ सहयोग
कास्की | असार २१, २०७९
पोखरा: पत्रकार तथा एबिसी टेलिभिजनकर्मी गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन् ।
स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन् । उक्त बिरामी कुरुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे ।
सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको बताए । ‘भाईपनि सानै उमेरमा सम्झनामै सिमित भएको थियो, उनले भने, ‘त्यही बच्चा वार्डमा बिरामी कुरुवाहरुलाई सहज हुन्छ भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’
उनले सोही प्रसंगमा धर्म कमाउन मन्दिर नै जान नपर्ने बताए । ‘धर्म कमाउन मन्दिरमै गएर भेटी चढाउनु पर्छ भन्ने छैन, रानामगरले भने, ‘आफुलाई मनमा शान्ती मिल्ने गरि अस्पताल र वृद्धाश्रममा पनि दान गर्न सकिन्छ ।’
यसैगरि सो समाग्री ग्रहण गर्दै अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले सहयोगका लागि आभार व्यक्त गरेका थिए । उनले अस्पतालमा विशेषगरी फलामका कुर्ची तथा बेन्चहरु सहयोग आउँने बताउदै टिकाउ नहुने धारणा राखे ।
डाक्टर खत्रीले सहयोगी दाताहरुलाई काठले बनेका समाग्रीहरु प्रदान गर्न समेत सुझाएका थिए ।
स्याङ्जाको पुतली बजार नगरपालिका ७ बुढीलेकका पत्रकार रानामगरका भाई स्वर्गीय कुलदिप रानामगर (अर्जुन) ले ७ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका थिए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

