सुरौदी खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु
पाेखरा | असार २, २०८१
Photo: APF
पोखरा: सुरौदी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगपालिका ३३ बरपौवाका ९ वर्षीय गणेश बिक रहेका छन् ।
शनिबारदेखि बेपत्ता भएका बालकको शव कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले आज बिहान साढे ८ बजे सुरौदी खोलामा निर्माणाधिन पुलको खाल्डोमा फेला पारेको हो ।
सो विषयमा थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
गत हप्तामा फुस्रे खोलामा डुबेर कुश्मा नगरपालिका पर्वतका २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको थियो ।
यो पनि पढ्नुहोस
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...


