दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै
बैतडी | असार २२, २०७९
बैतडी: बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ ।
कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा इन्टरनेट जडान भएपछि प्राविधिक विषयको पठनपाठन गर्न सहज हुने विश्वास छ । विद्यालयलाई प्रविधिमैत्री सहज हुनेछ ।”
ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकाका २७ विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको छ । इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरण विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको इन्टरनेटमा पहुँच पुर्याउन प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएको हो ।
स्थानीय तहले हटाउँदै करारका शिक्षक र कर्मचारी
बैतडीका स्थानीय तहले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् ।
आगामी साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरिएको डिलाशैनीका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई काममा नआउन जानकारी गराइएको उहाँले बताउनुभयो । गत वर्ष ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेदेखि नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो ।
स्रोत सुनिश्चितता नगरी कर्मचारी भर्ना गरेको पाइएको र उनीहरुलाई तलब दिन रु ७७ लाख अपुग भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा उनीहरुको व्यवस्थापन गर्न कार्यदल बनाइएको छ । कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताउनुभयो । गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको छ ।
यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयलाई सचेत गराइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताउनुभयो । केही विद्यालयले करार शिक्षकको आफूखुसी करार नवीकरण गरिरहेको जानकारी प्राप्त भएको र त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको छ । दशरथचन्द नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने/नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

