हेमजा भेट्रान्स कप: पोखरा १३ र १७ विजयी

कास्की | असार ४, २०८१

हेमजा भेट्रान्स कप: पोखरा १३ र १७ विजयी

पोखरा:  हेमजामा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ ।

 

सोमबार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी बन्यो । 

 

खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले समान १ गोल गरे ।

 

त्यस्तै अर्को खेलमा पोखरा १३ ले वडा ४ लाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा प्रवेश गर्याे ।

खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोल गरे ।

 

यस्तै टीमका राज कुमार गुरुङले २, राजेश गुरुङ, विजय कुमार श्रेष्ठ, धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बर बहादुर गुरुङले पनि समान १ गोल गरे । 

 

यता पोखरा ४ का द्रव्यजंग राणाले सान्त्वना १ गोल फर्काएका थिए ।

 

हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

 

प्रतियोगितामा प्रथम हुने टीमले नगद रु १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले नगद रु ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र अन्य विधागततर्फ पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्