'नेपाल आइडल–५' को फिनाले भोलि, पोखराबाट सलोमी गुरूङ

विजेतालाई २५ लाख

काठमाडाैं | असार ७, २०८१

'नेपाल आइडल–५' को फिनाले भोलि, पोखराबाट सलोमी गुरूङ

गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ५ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ। 

 

एपीवान टेलिभिजनको स्टुडिओमा बेलुका ६ बजेबाट सुरू हुने फिनालेमा टाइटलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्। 

 

बर्दियाका करण परियार, पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल प्रतिस्पर्धामा छन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिनेछ। भोलि बेलुका ८ बजेसम्मका लागि भोटिङ खुला छ। 

 

यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहने निर्देशक सुरेश पौडेलले बताए। 

 

उनका अनुसार प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अली लगायतले फिनालेमा प्रस्तुति दिनेछन्।

 

फाइनलिस्टसहित उत्कृष्ट १४ भित्रका अन्य १० प्रतिस्पर्धीको समेत प्रस्तुति रहनेछ। फिनालेका लागि सेट समेत परिवर्तन गरिँदैछ।

 

फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने निर्देशक पौडेलले बताए। 

 

शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छ भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्।

 

सातै प्रदेशमा गरिएको अडिसनबाट १ सय ५२ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए। प्रि–थिएटर, थिएटर, पियानो, गाला राउण्डमा प्रस्तुति दिँदै प्रतियोगीहरू फिनालेसम्म पुगेका हुन्। 

 

विजेताले २५ लाख रूपैयाँसँगै अन्य विभिन्न पुरस्कार पाउनेछन्। फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।

काठमाडौं:    अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी वि...

थप पढ्नुहोस्

रुकुमपश्चिम:     विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा दुई हजार दुई लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन् ।&nbs...

थप पढ्नुहोस्

काठमाडौं:     विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।      प्राविधिक समूहका सहसचिवहरुले आज ऊर्जा, जलस्रोत तथा सिँच...

थप पढ्नुहोस्