राजेश स्मृति कपमा पोखरा च्याम्पियन, अरुण बने सर्वाेत्कृष्ट

पाेखरा | असार १३, २०८१

राजेश स्मृति कपमा पोखरा च्याम्पियन, अरुण बने सर्वाेत्कृष्ट

बुटवल:   राजेश स्मृति फाउण्डेशन कापिलवस्तुको आयोजनामा बुटवलमा सम्पन्न पहिलो संस्करणको फुटसल प्रतियोगितामा पोखरा च्याम्पियन बनेको छ ।

 

अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध लागुऔषध ओसारपसार विरुद्ध दिवसको अवसर आयोजित प्रतियोगिताको फाइनलमा चितवनलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै पोखरा फेलोशिप च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको पोखराले उपाधिसहित नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको चितवनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे  ।

 

सो प्रतियोगिताबाट पोखराका अरुण गुरुङ सर्वाेत्कृष्ट, सोही टिमकै सुविन गुरुङ उत्कृष्ट गोलरक्षक र पोखराकै कुशल परियार सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका थिए ।
 

बुटवलस्थित लुम्बिनी फुटसलमा भएको प्रतियोगितामा रुपन्देही, कास्की, चितवनका गरी कुल १४ टोलीहरुले सहभागिता जनाएको थियो ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्