राजेश स्मृति कपमा पोखरा च्याम्पियन, अरुण बने सर्वाेत्कृष्ट
पाेखरा | असार १३, २०८१
बुटवल: राजेश स्मृति फाउण्डेशन कापिलवस्तुको आयोजनामा बुटवलमा सम्पन्न पहिलो संस्करणको फुटसल प्रतियोगितामा पोखरा च्याम्पियन बनेको छ ।
अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध लागुऔषध ओसारपसार विरुद्ध दिवसको अवसर आयोजित प्रतियोगिताको फाइनलमा चितवनलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै पोखरा फेलोशिप च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको पोखराले उपाधिसहित नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको चितवनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट पोखराका अरुण गुरुङ सर्वाेत्कृष्ट, सोही टिमकै सुविन गुरुङ उत्कृष्ट गोलरक्षक र पोखराकै कुशल परियार सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका थिए ।
बुटवलस्थित लुम्बिनी फुटसलमा भएको प्रतियोगितामा रुपन्देही, कास्की, चितवनका गरी कुल १४ टोलीहरुले सहभागिता जनाएको थियो ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

