उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन: पूर्व मुख्यमन्त्री अधिकारी

पाेखरा | असार १७, २०८१

उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन: पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा:    गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ ।

प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो ।

 

संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उहाँको प्रष्टोक्ति थियो ।

 
हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानको कारण गण्डकी प्रदेशका कास्की, पर्वत, लमजुङ, स्याङ्जा, बागलुङ लगायतका जिल्लाका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको भएपनि त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्न नसकेको उहाँको दावी थियो । उहाँले तत्काल उद्धार तथा राहतका कार्यक्रम मार्फत पीडितको पीडामा मलम लगाउन आग्रह गर्नुभयो ।

 
‘सरकारको तर्फबाट राहत उद्धारका कामहरु धिमा गतिमा भइरहेका छन् । त्यतिमात्र होइन पुनःस्थापनाको समय भइसक्यो, सरकारको उपस्थिति देखिदैन’ उहाँले भन्नुभयो ।
पूर्व मुख्यमन्त्री अधिकारीले लमजुङको क्व्होलासोथार लगायतका ठाउँमा तुरुन्त पुगेर सरकारको उपस्थिति देखाउन अनुरोध गर्नुभयो ।


सांसदले सदनमा आवाज उठाउदा समेत सरकार जवाफविहीन भएर बस्ने गरेको उहाँको भनाई छ ।  ‘सरकारले आफ्नो दायित्व पुरा नगरीकन दिन काट्ने काम नगरोस्, प्रदेश सभाको सक्रियता तथा गतिशिलतालाई निस्तेज नपारोस्’ अधिकारीले भन्नुभयो ।


सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा समेत थुप्रै कमजोरी देखिएको उहाँले सुनाउनुभयो । बजेट निर्माणमा सांसदको भूमिकालाई प्राथमिकता नदिएको उहाँको गुनासो थियो । जसका कारण २३ वटा कार्यक्रम डुप्लिकेशन हुन पुगेको खुलाउनुभयो ।

 
‘प्रदेशको बजेट निर्माणमा प्रदेश सासंदको भूमिका नभएर कोही अमुकको हुन्छ भने त्यो कुरा संसोधन हुनैपर्छ, कुनै पनि हालतमा त्यो कुरा दोहोरीन दिनु हुदैन’ उहाँको जोड थियो ।
संविधानले व्यवस्था गरेको संसद भएको र संसदले सांसदलाई दिएको अधिकार कमजोर बनाउने काम सरकारबाट किमार्थ हुन नहुने उहाँले उल्लेख गर्नुभयो ।

 

‘सासंदका योजना माग्ने तर त्यो अनुसार नहुने काम भइरहेको छ यस्ले न संसद बलियो हुन्छ न सांसद बलिया हुन्छन् । न सरकार सरकार जस्तो हुन्छ । हामी संसदलाई बलियो बनाउ । सांसदहरु बलियो बनाउ’ उहाँको आग्रह थियो ।

बजेट बनाउँदा को–को हाबी भए त्यसको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । आइतबार परेको संसद दिवसको अवसरमा समेत विभिन्न प्रसंगमा बोल्दै उहाँले यसको महत्वको बारेमा भनाई राख्नुभयो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्