सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिए एमालेका मन्त्री

काठमाडाैं | असार १९, २०८१

सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिए एमालेका मन्त्री

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी भएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाएका छन् । 


त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । 

 


मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । 


यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । 

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिएपछि एमाले मन्त्रीहरुले राजीनामा बुझाए पनि माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीलाई संसद बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्