स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउन गण्डकी सरकार क्रियाशिल: मन्त्री थापा
काठमाडाैं | असार २०, २०८१

पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।
बुधबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए ।
“प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । शहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ ।”, उनले भने ।
मन्त्री थापाले बालमृत्युदर र अपाङ्गतालाई हटाउन खोपको आवश्यकता पर्ने हुँदा प्रदेशका बालबालिकालाई खोपको उचित व्यवस्थापन गरिएको बताए ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको भनाई उनको छ ।
बागलुङ जिल्लाको धौलागिरी अस्पतालको स्तरोन्नती गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने कार्य भइरहेको उनले बताए ।
हाल ५० शैयाको स्वीकृति पाएको धौलागिरी अस्पताललाई १०० शैयाको स्वीकृतिका लागि ३५ रोपनी जग्गाको आवश्यकता पर्ने हुँदा जग्गा प्राप्ति तर्फ लाग्न उनको अनुरोध छ । जग्गा प्राप्तिको समस्या टरेपछि अस्पतालले उक्त स्वीकृति पाउने उनले बताए ।
धौलागिरी अस्पतालका लागि मात्र ५ करोड ३१ लख ६८ हजार विनियोजन गरिएको उनले उल्लेख गरे ।
गण्डकीका सांसद लिल बहादुर थापाले भौतिक विकास सँगै मानविय विकासको आवश्यकता रहेको बताए । गुणस्तरियतामा ध्यान दिँदै स्वास्थ्य क्षेत्रमा उल्लेखिय सुधार ल्याउन सकिने उनले बताए ।
बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले स्थानीय निकायले पनि स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा हेरेको बताए ।
जिल्ला समन्वय समिति बागलुङका सदस्य सचिव बाबुराम आचार्यले बागलुङ जिल्लामा २०२ खोप केन्द्रबाट सेवा प्रवाह गरिएको जानकारी गराए । उनले १० वटा स्थानीय तहले समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए ।
५ वर्षसम्मका १३ हजार ५६ बालबालिकालाई पूर्ण खोप लगाइएको भनाई उनको छ ।
जिल्ला खोप समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, सांसद दिपेन्द्र बहादुर थापा, डिल्लीराम सुवेदी, दिलमाया पौवी लगायतले बोलेका थिए ।
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...
पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...