क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभलमा प्रदीप र मिरुना उत्कृष्ट
काठमाडाैं | असार २०, २०८१
काठमाडौं: अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेतारअभिनेत्री घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत–३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुनाले ‘जारी’बाट उत्कृष्ट अभिनेत्री भइन् ।
नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा उत्कृष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, उत्कृष्ट माउन्टेन फिल्म ‘प्रेम गीत–३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालतर्फको अवार्ड ‘बुलाकी’ले जितेको छ ।
दुई दिनसम्म चलेको फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेशसहित पाँच देशबाट ४३ चलचित्र प्राप्त भएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

