सहारा बाल आधारभूतलाई १ लाख बराबरको ‘डेक्स–बेन्च’ सहयोग

पाेखरा | असार २१, २०८१

सहारा बाल आधारभूतलाई १ लाख बराबरको ‘डेक्स–बेन्च’ सहयोग

पोखरा:   सहारा आधारभूत विद्यालयलाई सहारा क्लब पोखरका पूर्व अध्यक्षको संयोजकत्वमा फर्निचरका समाग्री प्रदान गरिएको छ ।

 

पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई सहारा क्लबका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यवहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा रु. १ लाख ४ हजार बराबरको  समाग्री सहयोग गरिएको हो ।

 

उक्त विद्यालयलाई पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी तथा केशव थापामगर लगायत सहयोगी दाताहरुले १२ सेट डेक्स बेन्च र १ सेट कुर्ची टेबल हस्तान्तरण गरे । 

 

विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीका अनुसार सो विद्यालयमा हाल २ सय ७० बालबालिकाहरु अध्यनरत छन् ।

 

क्लबका पूर्व अध्यक्ष थापामगरले क्यानाडा, अष्ट्रेलियामा, अमेरिका, पोल्याण्ड, भारत, दक्षिण कोरिया लगायतका देशहरुमा रहेका सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेका थिए ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्