‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक
काठमाडाैं | असार २२, २०८१
काठमाडौं: अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको छ ।
गीतमा हर्क साउदको शब्द तथा मनोज थापा मगरको संगीत तथा स्वर छ । यही गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको छ ।
जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ । फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको छ ।
एमएसएमले अस्ट्रेलियाले विदेश प्रदर्शन अधिकार लिएको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

