पोखरामा चितुवा धपाउने क्रममा प्रहरी जवान घाइते

पाेखरा | असार २३, २०८१

पोखरामा चितुवा धपाउने क्रममा प्रहरी जवान घाइते सांकेतिक तस्बिर

पोखरा:   पोखरामा चितुवा धपाउने क्रममा एक प्रहरी जवान घाइते भएका छन् ।

 

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीका अनुसार घाइते हुनेमा प्रहरी  चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी रहेका छन् ।

 

पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शनिबार बेलुकी करिब साढे ५ बजे श्याम बास्तोलाको बारीमा चितुवा आएको सूचनापछि प्रहरी टोली धपाउन पुगेका थिए । 

 

सोही क्रममा प्रहरी जवान तिवारीलाई कम्मरमा चिथोरेर घाइते बनाएको थियो ।
 

यद्यपी उपचारपछि उनका अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।

 

काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट ...

थप पढ्नुहोस्

गुल्मी: कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित प...

थप पढ्नुहोस्