जग्गा भाडा प्रकरणबारे पूर्वमेयर जिसी भन्छन्- 'पोखरेली जनताको अहित हुने निर्णय गरेको छैन'
कास्की | असार २२, २०७९
 
                                
                            पोखरा: पोखरा महानगरपालिकाका पूर्वमेयर मान बहादुर जिसीले पोखरा र पोखरेली जनताको हित विपरित कुनै पनि निर्णय र काम नगरेको बताएका छन् ।
उनले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै नगर उपत्यका विकासको ६३ रोपनी जग्गा ३ निजी कम्पनीलाई गुपचुप भाडामा दिएको बारेमा जवाफिदैं उनले जनताको हित विपरित कुनै निर्णय र काम नगरेको बताएका हुन् ।
 
पूर्वमेयर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । देशमा संघीय शासन प्रणाली लागु भएपछि पोखरा महानगर नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने प्रावधान अनुसार नै उक्त समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको यहाँहरुलाई अवगत नै छ । पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुदाँ पोखरा र पोखरेली जनताको अहित हुने गरि कुनै निर्णय र काम गरेको छैन । यो अवधिमा भएका कामहरुको पोखरेली जनताले मुल्याङकन गर्नुभएकै छ । र अब पनि गर्नुहुनेछ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा सेटिङ मिलाएर भाडामा दिएको भन्ने आरोप निराधार छ । र कुनैपनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह गर्दछु । पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम कानून र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो ।
२०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडी ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृतिको अन्त्य गर्दै प्रचलित कानूनको अधिनमा रहि प्रतिस्पर्धाका आधारमा जस्ले बढि भाडा दिन कबुल गर्छ उसैलाई नै सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको तथ्य जानकारी गराउँदछ ।
विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिका स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तिनवटा जग्गाको भाडापनि विगतमा कति थिए र अहिले कतिमा भाडामा लगाइएको हो ? सोको अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चारमाध्यमलाई विनम्रतापूर्वक आग्रह गर्दछु ।
विगतको गलत प्रवृतिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मुल्य अुनसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानून र विधिसम्वद जग्गा भाडामा लगाइएको पुनः स्मरण गराउँदछु ।
संस्थालाई हानी हुने  र व्यक्तिलाई लाभ पुग्ने गरि पूर्वाग्राही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरि कानूनी रुपमा त्रुटी देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’
 
पूर्वमेयरले पर्यटक बसपार्कको १८ रोपनीसँगै, पोखरा ९ मा पर्ने ५ रोपनी जमिन राइजिङ कन्स्ट्रक्सनलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडामा दिएका थिए । त्यस्तै, वडा १७ स्थित गल्फ ट्रेनिङ सेन्टर रहेको ४० रोपनी जमिन एक्सन बिल्डर्स प्रालिलाई मासिक २ लाख ७२ हजार र बसपार्कलाई मासिक २ लाख ७५ हजार रुपैयाँ भाडामा दिए थिए ।
जसमध्ये गल्फ कोर्सलाई २५ र अन्य दुई कम्पनीलाई १० वर्षकालागि दिइएको हो । कुनैपनि जमिन भाडामा लगाउन मेयर एक्लैको निर्णय काफी नहुने भएपनि यस विषयमा उनले एकलौटी र मनोमानी निर्णय गरेका थिए । सबै निर्णयमा पूर्वमेयर जिसीकोे हस्ताक्षर रहेको छ ।
 
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            