‘प्रवासी नेपाली मन्च युके साउथ वेस्ट’ शाखाको अध्यक्षमा प्रमिश, सचिवमा अधिकारी चयन

पाेखरा | असार २५, २०८१

‘प्रवासी नेपाली मन्च युके साउथ वेस्ट’ शाखाको अध्यक्षमा प्रमिश, सचिवमा अधिकारी चयन

पोखरा:   प्रवासी नेपाली मन्च युके साउथ वेस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्।

 

युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए ।

 

यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भए ।

 

यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए ।

 

उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे।

 

यस्तै कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलिका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।

 

यता सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता विकास काम गर्न पहल गर्ने बताए ।

 

उनले भोलिका दिनमा विविध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्