कांग्रेस/एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै छ: सांसद केसी
पाेखरा | असार २५, २०८१
पोखरा: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए ।
‘दुई ठुला दल मिलेर सरकारमा जानु भनेको नेपालको लागि अवसर र चुनौती दुवै हो, यसले जनताको वास्तविक समस्यालाई सम्बोधन गरेर जान सक्यो भने नयाँ अवसर प्रदान गर्न सक्छ’, सांसद केसीले भने, ‘ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आ–आफ्ना स्वार्थमा लागे चुनौती बन्न सक्छ ।’
सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए ।
अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने विश्वास रहेको समेत उनले दावी गरे ।
उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । ‘दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ भन्ने दृष्टिकोण आएको छ, कहिलेकाहीँ यस्तो दृष्टिकोण आउँछ’, उनले भने, ‘सरकार बाहिर रहेका दलले नियम कानून, संविधान अनुसार जनताको भावनालाई उठाउन सक्नुपर्छ,प्रतिपक्ष सशक्त हुन सकेन भने लोकतन्त्र जीवन्त हुन सक्दैन ।’
सांसद केसीले संविधान संशोधन, अर्थतन्त्रलाई चलायन बनाउन, जनतामा आशा जगाउन र राजनीतिक स्थायित्वको लागि दुई ठुला दल मिलेको उल्लेख गरेका छन् ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नाग...
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

