अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश

काठमाडाैं | असार २६, २०८१

अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश

काठमाडौं:     साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।


पहिलो हाफको २३औं मिनेटमा जुलियन अल्भारेजले रोर्डिगो डे पाउलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १(० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफको ५१औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन् ।


लियोनल मेस्सीको कोपा अमेरिकामा यो पहिलो गोल हो । अब अर्जेन्टिनाले दोस्रो हुने सेमिफाइनल कोलम्बिया र उरुग्वेबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्