अदालतको फैसलापछि भागेका १ सय २९ जना पक्राउ

कुन मद्धामा कति ?

पाेखरा | साउन १, २०८१

अदालतको फैसलापछि भागेका १ सय २९ जना पक्राउ

पोखरा:   कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ ।

 

पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो ।

 

कुन मुद्धामा कति जना फरार थिए ?

 

१.    चेक अनादार – ३३ जना

२.    बैंकिङ कसूर – ६ जना

३.    वन पैदावार (काठ) को अनियमित निकासी – २ जना

४.    घरेलु हिंसा – १ जना

५.    बिगो – ५ जना

६.    सवारी ज्यान – १ जना 

७.    नकवजनी चोरी – ६ जना

८.    अभद्र व्यवहार – ४ जना

९.    लागू औषध – ५ जना

१०.    साधारण चोरी – २ जना

११.    केही सार्वजनिक अपराध – १३ जना

१२.    जुवातास – ९ जना

१३.    ज्यान मार्ने उद्योग – १ जना 

१४.    पशुपंक्षी सम्बन्धी कसूर – ६ जना

१५.    सम्बन्ध विच्छेद – १८ जना

१६.    नाता कायम – ५ जना

१७.    जालसाजी – ५ जना 

१८.    झुट्टा बखपत्र गरेको – २ जना 

१९.    कुटपिट – १ जना 

२०.    लेनदेन – ४ जना
 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्