बस बेपत्ता अपडेट: अहिलेसम्म १९ शव भेटिए, १४ को मात्रै सनाखत

चितवन | साउन ३, २०८१

बस बेपत्ता अपडेट: अहिलेसम्म १९ शव भेटिए, १४ को मात्रै सनाखत

चितवन:   गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् ।

 

बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । आज मात्रै ५ वटा शवको सनाखत भएको छ ।

 

असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ । यस्तै, गरुडा ९ रौतहटका ९ बर्षीय बालक अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका २८ बर्षियाा महिला चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ ।

 

उनीहरुको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरु दुबै जना काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् ।

 

यस्तै, मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शितामणि थाना भारतका २७ वर्षीय विवेक यादव र मध्यविन्दु १२ पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई ७ रौतहटकी २९ वर्षीया अमृताकुमारी सनाखत भएको छ ।

 

स​नाखत भएका ४ जना नै काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । भरतपुर सरकारी अस्पतालमा ३ वटा शव छन् ।

 

आज मात्रै भरतपुर महानगरपालिका वडा नं. २७ सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ७ मा रहेको नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको हाे ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्