फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान
पाेखरा | साउन ४, २०८१

पोखरा: तनहुँको भिमादकी ३८ वर्षिया सुकु विक साथी भेट्ने भन्दै मंसिर ५ गते नागढुंगाको शिला रेष्टुरेन्टबाट निस्किइन् ।
त्यसपछि उनी त्यही नजिकैको युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।
पछि मृत भएको पुष्टि भयो र वडा प्रहरी बैदामको समन्वयमा कास्की प्रहरीले मुचुल्का तयार पार्यो । सुकुको हत्या भएको निष्कर्ष निकालेर कास्की प्रहरीले अघि अनुसन्धान बढायो । तर यथेस्ट प्रमाणहरु जुटाउन भने समय लाग्यो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पोष्टमार्टम रिपोर्ट अनुसार सुकुको घाँटीको हड्डी भाचिएको देखिएको थियो ।
यो पनि पढ्नुहोस
प्रारम्भिक अनुसन्धानको क्रममा मृत सुकुको ब्याइफ्रेन्डका रुपमा देखिएका युवाले नै लुटपाटको योजनासहित हत्या गरिएको निष्कर्ष निकाल्यो ।
युनिक होटल र आसपासमा सिसिटिभी नभएपछि अनुसन्धानका लागि ‘एक्ज्याक्ट क्लु’ फेला परेन । तर अनुसन्धान भने विभिन्न कोणबाट भइरह्यो । घटनापश्चात होटलका सञ्चालक सहित ५ लगायतलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्यो । पछि संलग्नता नदेखिएपछि उनीहरु छाडिए ।
अनुसन्धान गर्ने क्रममा सुकुको गरगहनासहित मोवाइल ‘आइफोन १३ प्रो म्याक्स’ लुटिएको थाहा भयो ।
उक्त फोन काठमाडौंमा विक्री भएको प्रहरीले पत्ता लगायो । ‘त्यसपछि सोधपुछको क्रममा त्यो फोन सञ्जयले बेचेको थाहा पाएपछि तिनै बागलुङको सञ्जय विकतर्फ अनुसन्धान सोझियो ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने ।
सञ्जय मोबाइल बेचेपछि पोखरा नै फर्किएका थिए । पोखराको माटेपानीमा रहेको थाहापाएपछि वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकका प्रहरी टोली सञ्जयको पछि लागेका थिए ।
तर उनको श्रीमतिको कारण सञ्जय त्यहाँबाट फरार भए र उनी चितवन हुँदै भारत छिरे ।
त्यसपछि पनि उनी चोरीमै संलग्न हुँदै आएको बताइएको छ । प्रहरीको नोटिसमा रहेका सञ्जय करिब ८ महिनापछि चितवनबाट पक्राउ परे । आज उनलाई कास्की प्रहरीले दसी प्रमाणसहित सार्वजनिक गर्दै छ ।
यसअघि सञ्जयविरुद्ध वडा प्रहरी कार्यालय बैदाममा चोरी कसुरमा मुद्धा चलेको थियो ।
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...