फलोअप: सुकुको ‘आइफोन १३ प्रो म्याक्स’ बेचेपछि सञ्जयसँग ठोक्कियो अनुसन्धान
पाेखरा | साउन ४, २०८१
सुकु मृत भेटिएको युनिक होटल (पोखरा महानगरपालिका -८, नागढुंगा)
पोखरा: तनहुँको भिमादकी ३८ वर्षिया सुकु विक साथी भेट्ने भन्दै मंसिर ५ गते नागढुंगाको शिला रेष्टुरेन्टबाट निस्किइन् ।
त्यसपछि उनी त्यही नजिकैको युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।
पछि मृत भएको पुष्टि भयो र वडा प्रहरी बैदामको समन्वयमा कास्की प्रहरीले मुचुल्का तयार पार्यो । सुकुको हत्या भएको निष्कर्ष निकालेर कास्की प्रहरीले अघि अनुसन्धान बढायो । तर यथेस्ट प्रमाणहरु जुटाउन भने समय लाग्यो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पोष्टमार्टम रिपोर्ट अनुसार सुकुको घाँटीको हड्डी भाचिएको देखिएको थियो ।
यो पनि पढ्नुहोस
प्रारम्भिक अनुसन्धानको क्रममा मृत सुकुको ब्याइफ्रेन्डका रुपमा देखिएका युवाले नै लुटपाटको योजनासहित हत्या गरिएको निष्कर्ष निकाल्यो ।
युनिक होटल र आसपासमा सिसिटिभी नभएपछि अनुसन्धानका लागि ‘एक्ज्याक्ट क्लु’ फेला परेन । तर अनुसन्धान भने विभिन्न कोणबाट भइरह्यो । घटनापश्चात होटलका सञ्चालक सहित ५ लगायतलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्यो । पछि संलग्नता नदेखिएपछि उनीहरु छाडिए ।
अनुसन्धान गर्ने क्रममा सुकुको गरगहनासहित मोवाइल ‘आइफोन १३ प्रो म्याक्स’ लुटिएको थाहा भयो ।
उक्त फोन काठमाडौंमा विक्री भएको प्रहरीले पत्ता लगायो । ‘त्यसपछि सोधपुछको क्रममा त्यो फोन सञ्जयले बेचेको थाहा पाएपछि तिनै बागलुङको सञ्जय विकतर्फ अनुसन्धान सोझियो ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने ।
सञ्जय मोबाइल बेचेपछि पोखरा नै फर्किएका थिए । पोखराको माटेपानीमा रहेको थाहापाएपछि वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकका प्रहरी टोली सञ्जयको पछि लागेका थिए ।
तर उनको श्रीमतिको कारण सञ्जय त्यहाँबाट फरार भए र उनी चितवन हुँदै भारत छिरे ।
त्यसपछि पनि उनी चोरीमै संलग्न हुँदै आएको बताइएको छ । प्रहरीको नोटिसमा रहेका सञ्जय करिब ८ महिनापछि चितवनबाट पक्राउ परे । आज उनलाई कास्की प्रहरीले दसी प्रमाणसहित सार्वजनिक गर्दै छ ।
यसअघि सञ्जयविरुद्ध वडा प्रहरी कार्यालय बैदाममा चोरी कसुरमा मुद्धा चलेको थियो ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...


