धरानका मेयर साम्पाङ चढ्ने सरकारी गाडी बेचेर रोलर किन्ने

धरान | असार २४, २०७९

धरानका मेयर साम्पाङ चढ्ने सरकारी गाडी बेचेर रोलर किन्ने

 

धरान:    धरान उपमहानगरपालिकाले मेयर चढ्ने गाडी बिक्री गर्ने निर्णय गरेको छ।

 

मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाकोे बैठकबाट पारित भएको हो।


मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए।

 

‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भने।


मेयर निर्वाचित भए पनि साम्पाङ प्रायस् आफ्नो मोटरसाइकल प्रयोग गर्छन्। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्।

 

‘उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

थप पढ्नुहोस्