महिला एसिया कप: बंगालदेशलाई १० विकेटले हराउँदै भारत फाइनलमा
काठमाडाैं | साउन ११, २०८१
एजेन्सी: भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेको थियो। टोलीकी कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडिन्।
स्वर्ण अख्तरले १९ रन बनाइन् । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिइन्। राधा यावदले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चदै ३ विकेट हात पारिन् । पुजा भास्त्रकर र दिप्ती शर्माले समान १ विकेट लिए।
भारतले पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

