सरकारलाई असफल हुने छुट छैन: सञ्चारमन्त्री गुरुङ
पाेखरा | साउन १२, २०८१
पोखरा: नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
सञ्चारमन्त्री भएपछि पहिलोपटक पोखरा आएका मन्त्री गुरुङले पत्रकार भेटघाटको क्रममा बोल्दै ओली नेतृत्वको सरकारले जनमुखी काम गर्नुपर्ने बताउदै असफल हुने छुट नभएको बताएका हुन् ।
उनले वर्तमान सरकारसँग आम नागरिकको आशा रहेको उल्लेख गरे ।
‘देशको पहिलो र तेस्रो, दोस्रो र तेस्रो पार्टी मिलेर सरकार चलाए । धेरै टिकेन, मन्त्री गुरुङले भने, ‘त्यसैले अहिले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनेको छ । त्यसैले यो सरकारलाई असफल हुने छुट छैन ।’
सरकारले अबको एक महिनामा नतिजा देखिनेगरी काम गर्नुपर्ने बताए ।
सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने मन्त्री गुरुङको भनाई छ ।
डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने बताउदै उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने सुनाए ।
'अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ', उनले भने, 'हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।'
मन्त्री गुरुङले टेलिकम सेवालाई थप गुणस्तरीय बनाइने सुनाए। सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्नेसमेत बताए ।
उनले सञ्चार क्षेत्रमा निजी क्षेत्रको लगानी ठुलो रहेको बताउदै व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै ...
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...

