अस्पताल निर्माणमा स्थानीय तहको प्राथमिकता
झापा | असार २५, २०७९

दमक: झापामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत सेवा लिन समस्या हुन थालेपछि स्थानीय तहहरुले बीमाको उपचारमा सहजताका लागि विशेषज्ञसहितको अस्पताल बनाउने कार्यलाई प्राथमिकताका साथ आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न थालेको पाईएको छ ।
विशेष गरेर झापाको दमकमा रहेको स्थानीय सरकारी दमक अस्पतालमा कन्काईपु्लको वारी क्षेत्र अर्थात दमक शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, गौरीगन्ज गाँउपालिका लगायतका पालिकाहरुका विरामी आउने अवस्था रहेको छ । यहाँ दैनिक एक हजारभन्दा बढी विरामीको चाप रहने गरेको छ ।
स्थानीय तहहरुले विपन्न समुदायको स्वास्थ्य विमालाई प्राथमिकतामा राख्दै उपचारका लागि आफ्नै पालिकामा अस्पताल बनाउने कार्य अघि बढाएको पाइएको हो । हामीले आर्थिक वर्षको शुरुवातदेखि नै कम्तिमा पाँच बेडका लागि आवश्यक विशेषज्ञसहितको अस्पताल शुरु गर्दैछौँ, गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो ।
बीमाको उपचारका लागि आवश्यक स्वीकृति पनि गाँउपालिकाले पाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनुभएको छ । यहाँ अस्पतालबाट सेवा शुरु भएपछि अन्यत्र राम्रो अस्पताल रेफर भएर जाने विरामीका लागि दमक अस्पताल जानु पर्ने बाध्यता टर्नेछ ।
गौरादह नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा आगामी एक वर्षभित्रमा नै कम्तिमा पनि पाँच बेडको अस्पताल शुचारु गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । तीन जना विशेषज्ञ चिकित्सक सुविधासहितको अस्पताल शुरु गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनुभयो ।
गौरादहको स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सुचारु गरिने भएको हो । यहाँ ल्याव, एक्स–रेलगायतका आधारभूत स्वास्थ्य उपकरणहरु तत्कालै व्यवस्थापन गरिने पनि जनाइएको छ । अस्पतालमा उपचार हुन नसक्ने र बाहिर ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको सुवेदीको भनाइ छ ।
यसैगरी, गौरीगंज गाउँपालिका वार्ड नं। ६ खजुरगाछीमा रहेको गौरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालको रूपमा सञ्चालन गरिने र यसका लागि आवश्यक प्रक्रिया सकिएको गाउँपालिका उपाध्यक्ष पुजन कुँवरले बताउनुभएको छ । आर्थिक वर्ष २०७९÷८० को साउन १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको गौरीगंज अस्पतालको रूपमा स्वीकृति पाएर सञ्चालन हुने उहाँका भनाइ रहेको छ । बीमाका विरामीहरुले यही उपचार पाउने अवस्था रहनेछ, उहाँले भन्नुभयो ।
अस्पतालका लागि डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्सको व्यवस्थापन हुने जनाइएको छ । गाँउपालिकाले अति विपन्नहरुको स्वास्थ्य बीमालाई आफ्नो नीति तथा कार्यक्रममा महत्वका साथ स्थान दिएको छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्व...
काठमाडौं: गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजा...
पोखरा: हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भ...