पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै
पाेखरा | साउन २८, २०८१
पोखरा: हरेक वर्ष आयोजना हुँदैं आएको मिस मगर नेपालको प्रशिक्षण पोखरामा सुरु भएको छ ।
एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदैं आएको मिस मगर नेपाल २०२४ को प्रशिक्षण सुरु भएको कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् ।
उनका अनुसार सातौं संस्करणमा देशका विभिन्न जिल्लाबाट अन्तिम प्रतिस्पर्धाका लागि १२ जना छनौट भएका छन् ।
अहिले प्रारम्भिक चरणमा मातृभाषा (मगर ढुट) को प्रशिक्षण भइरहेको उनले बताइन । उनका अनुसार कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका रुद्र श्रीसमगले मगर ढुटको प्रशिक्षण दिइरहेका छन् ।
मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषाभूषा, कला संस्कृति लगायतका विभिन्न तालिमहरु पनि प्रदान हुँदैं आएको आयोजकले जनाएको छ ।
यसअधि सम्पन्न भएको छैटौं संस्करणमा तनहुँकी विनु रानामगरले मिस मगरको ताज जितेकी थिइन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

