नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु

बाँके | भदौ ६, २०८१

नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु

बाँके:     नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ । 

    
निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दले बताउनुभयो । 

    
उहाँका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ । 

    
अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डि एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयोे, “हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ । यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौँ ।” 

    
रङ्गशालामा रहनुभएका निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो रु आफूहरूले पनि खोजी गरिरहेको बताउनुभयो । उहाँले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयम आफूहरूले  पनि बुझ्न नसकेको बताउनुभयो । 

    
राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई रु नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ मा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकामा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त ९जुन १५० मा मात्र काम सम्पन्न गरेको थियो । 

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदल...

थप पढ्नुहोस्

पोखरा:  लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।  फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...

थप पढ्नुहोस्

पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत...

थप पढ्नुहोस्