राष्ट्रपति भवन भित्र श्रीलंकन नागरिक: प्रत्यक्षदर्शीको बयान
काठमाडाैं | असार २६, २०७९
श्रीलंका: श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । तर शनिबार श्रीलंकामा जे भयो यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ ।
शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् ।
तर आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाए । उनीहरुले प्रधानमन्त्रीको निजी आवासमा त आगो नै लगाइ दिए ।
कडा सुरक्षा घेरामा रहने राष्ट्रपति भवनलाई शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीले घेरेका थिए । सुरुमा एक तमिल युवा राष्ट्रपति भवनको बन्द रहेको ढोका नाघेर भित्र छिर । त्यसपछि अरु प्रदर्शनकारी पनि गेट तोडेर भित्र छिर्न थाले ।
सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेका होइनन् । तर उनीहरुले जति नै दमन गरे पनि स्थिति रोकिने थिएन । भीडलाई भित्र छिर्नबाट रोक्न असफल भएपछि सुरक्षाकर्मी बाहिरिए ।
सुरुमा राष्ट्रपति भवनमा छिरेका प्रदर्शनकारीले तोडफोड गर्न थालेका थिए । तर त्यहाँ आक्रोशित प्रदर्शनकारी मात्र थिएननन्, भिक्षु थिए, फरक फरक धर्मावलम्बी थिए, विद्यार्थी थिए ।
प्रदर्शनको नेतृत्व गरिरहेका धार्मिक समूहका नेता र अन्य वुद्धिजीबीले राष्ट्रपति भवनमा भएका सामान तोडफोड गर्नका लागि नभई आनन्द लिनका लागि भएको भन्दै त्यसकोे आनन्द लिन आग्रह गरे, आफ्नो रहर पूरा भएपछि प्रदर्शनकारीलाई बाहिर निस्किन र अरुलाई भित्र पठाउन अनुरोध गरे ।
उनीहरुले राष्ट्रपति भवनको हरेक सामान जनताको सम्पत्ति भएको भन्दै उनीहरुले तोडफोड गर्नेहरुलाई सम्झाइ बुझाइ गरे । त्यसपछि तोडफोड रोकियो । त्यसपछि राष्ट्रपति भवनमा पुगेका प्रदर्शनकारीहरु विशाल भवनमा उपलब्ध सुविधा केही मिनेटका लागि प्रयोग गरेर भए पनि आनन्द लिन लागे ।
कोही भान्सामा छिरे, भान्सामा एक दिन अघि नै तयार पारिएको खाना थियो, उनीहरुले त्यो खाए, केहीले मिक्सरमा जुस बनाएर पिए त कसैले बारमा गएर ह्विस्कीको चुस्की लिए । कोही पियानो बजाउँदै संगीतमा झुमे ।
कोही बैठक कोठाका आरामदायी सोफामा बसे । प्रदर्शनकारीले राष्ट्रपति भवनमा हुने बैठकको नक्कल गरे ।
कोही राष्ट्रपतिको बेडरुममा पुगे, विस्तारामा सुते, सेल्फी लिए, भिडियो बनाए । एक प्रदर्शनकारीले राष्ट्रपतिको विस्तारमा सुतेर बनाएको भिडियोमा भने, ‘राष्ट्रपति ज्यू धन्यवाद, म अहिले तपाईँको विस्तारमा सुतरिहेको छु । यो एकदम आरामदायी छ ।’
कसैले राष्ट्रपति भवनमा रहेको पौडी पोखरीमा पौडीको आनन्द लिए । राष्ट्रपति र उनको परिवारका सदस्यले प्रयोग गर्ने पोखरीमाा प्रदर्शनकारीहरुले पौडी खेलिरहेको भिडियो विश्वभर भाइरल भएको छ ।
केही प्रदर्शनकारीले राष्ट्रपति र उनका परिवारले प्रयोग गर्ने शौचालय प्रयोग गरे, बिशाल र भव्य शौचालय र त्यहाँ एसीको सुविधा देखेर उनीहरु हैरान भए ।
केही प्रदर्शनकारी राष्ट्रपतिले प्रयोग गर्ने सामान राख्ने कोठामा पसे, दराज खोले । दराजमा रहेका पोशाक लगाएर तस्वीर खिचे ।
राष्ट्रपति भवनको एउटा ठूलो कोठामा व्यायामशाला छ । प्रदर्शनकारी व्यायामशालामा रहेका उपकरण प्रयोग गरेर पसिना बगाउन पनि पछि परेनन् ।
उनीहरु मध्ये केहीले राष्ट्रपति भवनमा नै रात बिताएका छन् । आइतबार बिहान पनि प्रदर्शनकारीहरु राष्ट्रपति भवनका कोठा कोठामा घुमिरहेको देखिन्थे ।
जो प्रदर्शनकारी राष्ट्रपति भवन भित्रबाट बाहिर निस्कन्थे । भित्र पस्न नपाएकाहरु भित्रको स्थितिका बारेमा उनीहरुलाई सोधपुछ गर्थे । केही छिनलाई भए पनि राष्ट्रपतिको जीवनशैलीको आनन्द लिएकाहरु गौरवका साथ आफ्नो अनुभव बताउथे ।
(बीबीसी तमिलमा प्रकाशित सामग्रीको भावानुवाद)
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

