लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
रूपन्देही | असार २६, २०७९
रुपेन्देही: महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउने क्रम बढ्दो रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । ‘अफ सिजन’ मानिने यो समय मोदी भ्रमणसँगै भारतीय पर्यटक बढेको कोषले जनाएको छ ।
भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनामा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बनी आएको कोषको सूचना शाखाले जनाएको छ । यो विगत वर्षभन्दा राम्रो सङ्ख्या हो । लुम्बिनी विकास कोषमा आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएका छ । पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिड–१९ को त्रासका कारण पर्यटक आगमन कमी आएको लुम्बिनीमा भारतीय प्रधानमन्त्री आगमनसँगै भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटकमा उत्साहजनक आगमन भएको लुम्बिनी होटल एशोसियशनले जनाएको छ ।
मोदी भ्रमणको व्यापक प्रचार, प्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ । अध्यक्ष ज्ञवालीका अनुसार लुम्बिनी आउने पर्यटका लागि सरकारले पनि विशेष सुविधा र सहयोग गर्नुपर्दछ । लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् । धार्मिक र आध्यामिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको देखिन्छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमा क्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीलाई उत्साह दिएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउनुहुन्छ । करिब तीन वर्ष कोभिडका कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमनले रमाइलो बनाएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान देखिन्छन् ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

