पोखरामा हुने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सफल बनाउन प्रतिवद्धता

पाेखरा | असार २७, २०७९

पोखरामा हुने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सफल बनाउन प्रतिवद्धता

 

पोखरा:   पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ सफल बनाउन सहभागिहरुले प्रतिवद्धता जनाएका छन् ।

 

प्रतियोगिताको तयारी स्वरुप पोखरामा आइतबार सम्पन्न बैठकमा सहभागिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्था मध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जिव रेग्मीले  तेस्रो सस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप पोखरामा हुन गौरवको विषय रहेको बताए । उनले भने–“प्रतियोगिता आयोजना गर्न जति सहज देखिन्छ त्यसलाई सफल बनाउन उत्तिकै चुनौती पनि छ ।” उनले प्रतियोगितालाई सफल बनाउन भूमिका सम्पूर्ण पोखरेलीहरुको एकवद्धता आवश्यक रहेको कुरा औंल्याए ।

 

सो अवसरमा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले यो प्रतियोगिताले विश्वमानै पोखराको शान उच्च हुने गरी साझा कार्यक्रमको रुपमा सफल बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । उनले प्रतियोगितामा तिनै तहको शुरक्षा निकायको परिचालन गरी विदेशी खेलाडी र पाहुनाहरुलाई शुरक्षा प्रदान गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

 

सो बैठकमा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले प्रतियोगिता सफल बनाउन पोखरेलीहरुले नै स्वामित्व लिनुपर्ने कुरा औंल्याए । पोखरा खेलकुदको शहरको रुपमा स्थापित भए पनि यहाँ अझै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुने गरी पूर्वाद्धारको अभाव खटकिएको बताउँदै उनले अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता बढाउन संघले सक्रियतापूर्वक काम अघि बढाएको उल्लेख गरे ।

 

बैठकमा तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, रेष्टुरेन्ट एण्ड बार एशोसियसनका अध्यक्ष लक्ष्मण बराल, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा।रामजी शर्मा, नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी, गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडल, कोषाध्यक्ष माइकल कर्माचार्य लगायतले प्रतियोगिता सफल बनाउने बारे आफ्ना भनाई राखेका थिए ।

 

सो अवसरमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’को हाल सम्म भएको तयारीका बारेमा जानकारी गराउँदै उक्त प्रतियोगितामा करिव १ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरिएको बताए । 
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्