गठबन्धन विरुद्ध पोखरा महानगरको मेयरमा एमालेबाट दिपक पौडेल उम्मेदवार
काठमाडाैं | बैशाख ११, २०७९
पोखराः नेकपा एमालेको शनिबार साँझ बसेको केन्द्रीय कमिटीको सचिवालय बैठकले देशभरका ६ महानगरपालिकाका मेयर उपमेयरका उम्मेदवार टुंगो लगाउने क्रममा पोखरामा दिपक पौडेललाई चयन गरेको छ ।
उपमेयरमा भने मञ्जुदेवि गुरुङकै नाम सिफारिश गरिएको छ । यसअघि सञ्चारकर्मीसँग महानगरमा प्रतिष्पर्धा नगर्ने अभिव्यक्ति दिएकी गुरुङ्लाई एमालेले पुनः दोहो¥याउने भएको हो ।
मेयरमा सिफारिश पौडेल शिक्षण पृष्ठभूमिबाट आएका हुन् । पौडेल हाल प्रदेश कमिटी सदस्य छन् ।
यसअघि विभिन्न नामहरु चर्चामा आएपनि पौडेलले बाजी मार्न सफल भए । उपमयेरमा गुरुङ् समुदायकै उम्मेदवार आवश्यक रहेको र अन्य महिला नेतृले मेयरमा दाबी गरेका कारण पुनः गुरुङलाई टिकट दिइएको आंकलन गरिएको छ ।
गत चुनाबमा पोखराको मेयर पदमा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७३ हजार मतले चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले करीब ६० हजार मत पाएका थिए।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

