गठबन्धन विरुद्ध पोखरा महानगरको मेयरमा एमालेबाट दिपक पौडेल उम्मेदवार
काठमाडाैं | बैशाख ११, २०७९
पोखराः नेकपा एमालेको शनिबार साँझ बसेको केन्द्रीय कमिटीको सचिवालय बैठकले देशभरका ६ महानगरपालिकाका मेयर उपमेयरका उम्मेदवार टुंगो लगाउने क्रममा पोखरामा दिपक पौडेललाई चयन गरेको छ ।
उपमेयरमा भने मञ्जुदेवि गुरुङकै नाम सिफारिश गरिएको छ । यसअघि सञ्चारकर्मीसँग महानगरमा प्रतिष्पर्धा नगर्ने अभिव्यक्ति दिएकी गुरुङ्लाई एमालेले पुनः दोहो¥याउने भएको हो ।
मेयरमा सिफारिश पौडेल शिक्षण पृष्ठभूमिबाट आएका हुन् । पौडेल हाल प्रदेश कमिटी सदस्य छन् ।
यसअघि विभिन्न नामहरु चर्चामा आएपनि पौडेलले बाजी मार्न सफल भए । उपमयेरमा गुरुङ् समुदायकै उम्मेदवार आवश्यक रहेको र अन्य महिला नेतृले मेयरमा दाबी गरेका कारण पुनः गुरुङलाई टिकट दिइएको आंकलन गरिएको छ ।
गत चुनाबमा पोखराको मेयर पदमा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७३ हजार मतले चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले करीब ६० हजार मत पाएका थिए।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...
काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

