गठबन्धन विरुद्ध पोखरा महानगरको मेयरमा एमालेबाट दिपक पौडेल उम्मेदवार

काठमाडाैं | बैशाख ११, २०७९

गठबन्धन विरुद्ध पोखरा महानगरको मेयरमा एमालेबाट दिपक पौडेल उम्मेदवार


पोखराः नेकपा एमालेको शनिबार साँझ बसेको केन्द्रीय कमिटीको सचिवालय बैठकले देशभरका ६ महानगरपालिकाका मेयर उपमेयरका उम्मेदवार टुंगो लगाउने क्रममा पोखरामा दिपक पौडेललाई चयन गरेको छ । 

 

उपमेयरमा भने मञ्जुदेवि गुरुङकै नाम सिफारिश गरिएको छ । यसअघि सञ्चारकर्मीसँग महानगरमा प्रतिष्पर्धा नगर्ने अभिव्यक्ति दिएकी गुरुङ्लाई एमालेले पुनः दोहो¥याउने भएको हो ।

 

मेयरमा सिफारिश पौडेल शिक्षण पृष्ठभूमिबाट आएका हुन् । पौडेल हाल प्रदेश कमिटी सदस्य छन् ।

 

यसअघि विभिन्न नामहरु चर्चामा आएपनि पौडेलले बाजी मार्न सफल भए । उपमयेरमा गुरुङ् समुदायकै उम्मेदवार आवश्यक रहेको र अन्य महिला नेतृले मेयरमा दाबी गरेका कारण पुनः गुरुङलाई टिकट दिइएको आंकलन गरिएको छ । 

 

गत चुनाबमा पोखराको मेयर पदमा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७३ हजार मतले चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले करीब ६० हजार मत पाएका थिए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्