माओवादी केन्द्रको मधेस प्रदेशको परामर्श बैठक सुरु
काठमाडाैं | भदौ २५, २०८१
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ ।
बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र त्यसको विकल्प नभएको बताउनुभयो ।
“माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ”– उहाँले भन्नुभयो– “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो ।
माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...
पाेखरा । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। तस्...

